एमाले पार्टीमा स्वइच्छचारी बढ्दै गएकोले पार्टी परित्याग गरे : प्रदेस कमिटि सदस्री शाही

दैलेख।
नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य तथा दैलेख एमालेको प्रभाव शाली नेता तारा कुमारी शाहिले एमाले पार्टी परित्याग गरेकी छ्न ।
चामुण्डा विन्द्रासैनी नगरपालिकाका निवर्तमान उपप्रमुख तारा शाहीले आजको मिति देखि लागु हुने गरि एमाले परित्याग गरेको घोषणा गरेकी छिन् । दैलेख एमालेमा इमान्दार कार्यकर्ता लाई अपमान हुने गरि पार्टी प्रदेश कमिटी अध्यक्ष र जिल्ला पार्टी अध्यक्षमा स्वइच्छाचारि गतिविधि बढ्दै गएकोले सामाजिक सजाल मार्फत पार्टी परित्याग गरेको जनाएकी छिन ।

दैलेख ‘नेकपा (एमाले) को नेतृत्वमा विकसित हुदै गएको स्वेच्छाचारिता, निरङ्कुशता र गुटगत राजनीतिले पार्टी विधान र सिद्वान्तलाई निष्कृय बनाउदै वर्षाैदेखि पार्टी निर्माणका लागि रगत पसिना बगाएका इमान्दार नेता कार्यकर्ताहरुलाई विस्थापित गर्दै  कहिले आफुले त कहिले आफ्नै परिवारका ब्यक्तिलाइ विभिन्न लाभका पदमा अगाडि सार्ने गरेको आरोप छ ।

एमालेको केन्द्रिय नेताहरुले “हिजो संसद विघटन गलत हो, संसद विघटन गर्नु हुदैन भनेर भनेकै आधारमा भिम रावल, घनश्याम भुसाल जस्ता पार्टीका हस्तीहरु लगायत हजारौं नेता कार्यकर्तालाई गुटगत राजनीतिको सिकार बनाएर पार्टीको संगठनको आन्तरिक प्रतिस्पर्धामा जान रोक लगाउनु, संघिय लोकतान्त्रीक गणतन्त्र विरोधी भुमिकामा रहेका गलत र गैह्र राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई पार्टी संगठनको जिम्मेवारी दिएर विधि विधानको उपहास गर्दै आएकोले म नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य पदबाट राजिनामा गरेको घोषणा गर्दै संविधान र संघिय लोकतान्त्रीक गणतन्त्रको रक्षाका लागि वाम लोकतान्त्रीक गठबन्धनका साझा उमेदवारहरुलाई विजय गराउन हुन हार्दिक अपिल समेत गरेकी छ्न” ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555