उपभोक्ता हित संरक्षण मन्च दैलेखकाे अध्यक्ष अधिवक्ता अधिकारी

माघ २४, २०७९ – अमर सुनार
दैलेख – उपभोग्य बस्तुको मूल्य अनुसार गुणस्तर र सेवाको जवाफदेहिता अभिबृद्धिको पैरबी गर्न दैलेखमा उपभोक्ता हित संरक्षण मञ्च नेपालको जिल्ला शाखा गठन भएको छ । अधिवक्ता सुरेन्द्रकुमार अधिकारीको अध्यक्षता ११ सदस्य जिल्ला समिति निर्विरोध चयन गरिएको जनाइएको छ ।

मञ्च जिल्ला उपाध्यक्ष दिलकुमारी चन्द, सचिव अमर सुनार, कोषाध्यक्ष तुल्सी कटुवाल चयन हुनुभएको बताइएको छ । सदस्यहरुमा दिपेद्र थापा, ललित मल्ल, हेमन्त बस्नेत, सुनिता सुनार, प्रतिमा थापामगर, शेरबहादुर बुढामगर र कृष्णकला थापा रहनुभएको छ ।

२०५१ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको गैरनाफामूलक र नागरिक समाज संस्थाको रुपमा क्रियाशील रहेको उपभोक्ता हित संरक्षण मञ्च नेपालको नेपालभर ५४ जिल्लामा शाखा स्थापना भइसकेका छन् । दैलेख ५५ औं शाखा भएको मञ्चका महासचिव बिष्णु तिमिल्सिनाले बताउनुभयो ।

व्यक्ति, समूह वा निकायले वस्तु वा सेवा उपभोग गर्दा उत्पादक वा सेवाप्रदायकले  बस्तु र सेवाको मूल्य अनुसार गुणस्तर, सहज पहुँच र उपलब्धता विषयमा आवश्यकता अनुसार सहजीकरण र जवाफदेहिता अभिबृद्धि गराउन मञ्चको स्थापना भएको हो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल स्वदेशी बस्तुको उपभोग अभ्यासलाई बढावा दिने, स्थानीय उत्पादनलाई सरकारका निकायले प्राथमिकता दिने, स्थानीय बस्तु तथा सेवाहरुलाई आवश्यकता अनुसार प्रवद्र्धन निम्ति इच्छुक उद्यमी वा सेवाप्रदायकको सेवा, सहुलियत र सुविधाको निम्ति पहल गर्दै आएको छ ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555