दैलेख । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयका सचिव शंकरबहादुर केसीले न्यायिक समितिका लागि दिइएको तालिमबाट न्यायिक कार्य रीतपूर्वक हुनेमा आफू बिश्वस्त रहेको बताउनुभयो ।
पदाधिकारी जवाफदेही हुनुपर्ने र न्यायिक समितिको काम हेर्ने कर्मचारी प्रक्रियामा ध्यान दिन सुझाव दिनुभयो ।
मुख्यमन्त्री कार्यालय, अनौचापरिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र युएनडीपीको न्यायमा पहुँच अभिबृद्धि परियोजनाको संयुक्त आयोजनामा दैलेखमा सञ्चालित न्यायिक समितिको क्षमता विकास सम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रमको मंगलवार भएको समापन कार्यक्रममा त्यस्तो सुझाव राख्नु भयो ।
समापन कार्यक्रममा दैलेखका जिल्ला न्यायाधीश बलराम लम्सालले न्यायिक काम निष्पक्षतामा बढी ध्यान दिन आग्रह गर्नुभयो । उहाँले दुवै पक्षलाई सन्तुलनमा राख्न सके मात्र न्याय हुने बताउनुभयो ।