टेलिकमका प्रबन्धक निर्देशक सहित २ जना अख्तियारद्धारा पक्राउ

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सहित २ जानालाई गैह्रकानुनी ढँगबाट सम्पती आर्जन गरेको मुद्दामा अख्तियारको अनुसन्धानको लागि हिरासतमा राखिएको छ ।

नेपाल टेलिकमका प्रबन्धक निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी परेको उजूरीका सम्बन्धमा आयोगबाट अनुसन्धान भइरहेको थियो ।

निर्देशक सुनिल पौडेल नेपाल राष्ट्र बैंकको स्वीकृत बिना बिदेशी बैंकमा विदेशी खाता खोली रकम जम्मा गरेको, नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको तथा विकल पौडेलको हकमा निजले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमति समेत लिएको देखिएको छ ।

निजहरूले कसुर सँग सम्बन्धित प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भएको हुँदा अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकोले निजहरूलाई मिति आज १० गते नियमानुसारको जरुरी पक्राउ पूर्जी दिई हिरासतमा लिई थप अनुसन्धान भइरहेको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता नरहरी घिमिरेले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555