हिमा टेलीभिजनमा भएकाे अन्तर्बाता साभार
१६ फागुन, काठमाडौं । संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले किन राजीनामा दिएनन् ? धेरैको प्रश्न छ ।
तर प्रधानमन्त्री ओलीले आफूलाई सर्वोच्च अदालतले प्रधानमन्त्रीबाट राजीनामा देउ नभनेको बताए । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा उनले आफूमाथि नैतिक प्रश्न छ भन्ने पनि नरहेको जिकिर गरेका छन् ।
प्रतिनिधिसभा (संसद) विघटन गरेर गल्ती गरेछु भन्ने लाग्या छ ? भन्ने प्रश्नमा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘मैले गरेको निर्णयले यो स्थिति होइन, देश चुनावतिर जान्थ्यो । समस्याको समाधान हुनेतिर जान्थ्यो ।’
आफूले आवश्यक परे विश्वासको मत लिने लगायतका बाटो समाउन सक्ने प्रधानमन्त्री ओलीले बताए । ‘…मैले अरु बाटा समाउन सक्छु । आवश्यक परे विश्वासको मत लिन सक्छु । विश्वासको मतमा मलाई हराउन पर्यो नि’ ओलीले भने, ‘विश्वासको मत पनि लिइन भने अर्को पनि मेरो बाटो हुनसक्छ ।’
‘संकटकाल लगाउनु हुन्छ ?’ भनेर प्रश्नमा प्रधानमन्त्री ओलीले हाँस्दै भने, ‘अर्को पनि बाटो छ, अविश्वासको प्रस्ताव पारित गरेर मलाई हटाउने संसदीय र संवैधानिक बाटो छ ।’ अहिले पनि आफू संसदमा ६४ प्रतिशतको प्रधानमन्त्री भएको भन्दै उनले अविश्वास प्रस्ताव पारित गरेर देखाउन चुनौती दिए । साथै मदेशबादी दल र कांग्रेसले मलाइनै सहयाेग गर्छ मलाइ बिश्वास छ ।