बाच्न पाउने अधिकारको आधारः खाद्य अधिकार भन्न नारा सहित खाद्य अधिकार संजाल दैलेखको आयोजनामा एक दिने अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ ।
उक्त कार्यक्रम संजालका जिल्ला अध्यक्ष यज्ञराज थापाको अध्यक्षतामा र नारायण नगरपालिका दैलेखको उप मेयर साबित्री मल्लको प्रमुख अतिथ्यतामा भएको थियो ।
नागरिकहरुले आफ्नो खाद्य सम्बन्धीको हक प्राप्त गर्न के कस्ता कार्य गर्न जरुरी रहेको छ ? सरकारले उक्त हकको प्रत्याभुती दिन के कस्ता नीतिहरु तय गर्नु पर्छ ? भन्ने बिषयमा अन्तक्रिया भएको थियो । राज्यले नेपालको संबिधा २०७२ को भाग ३ मौलिक हक र कर्तब्यहरु ब्यबस्था गरेको छ ।
“जस मध्ये धारा ३६ बमोजिम खाद्य सम्बन्धी हक पनि ब्यबस्था गरेको छ ,उक्त हकहुने अनुसार कुनै पनि नागरिक खाद्य बस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक रहेको छ । सरकारले आफ्ना नागरिकहरुलाई खाद्य अभाव हुन नदिनलाई राज्यले आफ्नो प्रमुख नीति निर्माण गरी खाद्य अभाव हुन नपाउने गरी भुमिको ब्यबस्था, रोजगारको समान अवसर तथा बिभिन्न आर्थीक उत्पादन लगायत राज्यका बिकासमा समान अवसर प्रदान गरी खाद्य अधिकारको सुनिश्चितता गर्नु पर्ने बिषय महत्वपुर्ण रहेको” खाद्य अधिकारका बिषयमा वकालत गर्दै आएको फियन नेपालका क्षेत्रिय संयोजक सुरेश कुमार गौतमले बताए ।
साथै राज्यका तीन तहका सरकार खाद्य सुरक्षाकाे बिषयमा जवाफदेही भई आफ्ना क्षेत्र भित्र रहेका गरिब निमुखा र खाद्य अभाबका कारण जीवन जोखिममा परेको बर्गको उत्थानमा बिशेष जोड दिनु पर्ने कार्यक्रमका अध्यक्ष यज्ञराज थापाले बताउनु भयो ।