काेभिड १९ ससंक्रमणकाे १४ जिल्लामा उच्च जोखिमः विद्यालयमा नजान अपिल

काठमाडौं। नेपालमा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण तिब्र रुपमा बढेपछि सरकारले देशका १४ जिल्लालाई उच्च जोखिममा राखेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै काठमाडौंसहित १४ जिल्लालाई उच्च जोखिम भएकाे जिल्लामा राखेको हो।

मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, चितवन, पर्सा, बारा, मोरङ, वागलुङ, दाङ, बाँके, सुर्खेत र कैलालीलाई उच्च जोखिममा राखिएको छ। यी जिल्लाहरुमा संक्रमणको उच्च जोखिम रहेको भन्दै विद्यालय बन्द गर्नुपर्ने अवस्था भए पनि बन्द नगरिएको मन्त्रालयले बताएको छ।  विद्यालय लगायत भीडभाड हुने क्षेत्रमा सहभागी नहुन समेत  अपील गरिएको छ। मन्त्रालयका अनुसार बिहीबारमात्र ४९० जना नयाँ संक्रमित थपिएका छन् ।

देशका बिभिन्न जिल्लाहरुमा बेलायती भेरिअन्टको कोरोना भाइरस फैलिएको भन्दै सरकारले यसअघि पनि कडाइका लागि सरकारलाइ अनुरोध गरेको थियो। यसअघि कोभिड संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले विद्यालय बन्द गर्न सुझाव दिए पनि निजी विद्यालयका सञ्चालकहरुले चेतावनी दिएपछि सरकारले विद्यालय बन्दको निर्णय लिन सकेको छैन।

यस्तै सरकारले कोरोना उपचार शुल्कको सीमा पनि तोकेको छ। ५० प्रतिशतभन्दा बढाउन नपाउने गरी निजी अस्पतालले औषधिबाहेक अस्पताल खर्च जटिल बिरामीका लागि ७ हजार रुपैयाँ तोकिको छ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555