मेयर बिरुद्ध पक्राउ पुर्जि जारी ः नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोप

२४ चैत, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु विरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

उनको सट्टामा (एसईई) दिंदै गरेका नक्कली परीक्षार्थी अनुगमनको क्रममा आइतबार पक्राउ परे पछि शुक्रबार जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका ६ पोठियाही घर भई रेडियो नेपालको बर्दिवास शाखामा पाचौ तहमा कार्यरत स्थायी कर्मचारी कमल साह रहेका छन् ।

पक्राउ पछी अनुसन्धानको क्रममा मेयरको संलग्न्ता रहेको खुल्न आएकोले आबश्यक छानबिनको लागि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको हो ।

मेयरले भरेको परीक्षा फर्म, रजिष्ट्रेशन तथा परीक्षाका अन्य कागजातमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुबैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुबै हुन सक्ने व्यवस्था छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *