अध्यक्षले राज्य मन्त्रि गिरीलाई हटाइन् सांसदबाट

नागरिक उन्मुक्ति पार्टी की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री इन्दिरा गिरीलाई सांसदबाट हटाएकी छन्।

राज्यमन्त्री गिरीलाई पदमुक्त गरेको पत्र बोकेर पार्टीका नेता सुदूरपश्चिम गइसकेको केन्द्रीय सदस्य रमेश विश्वकर्माले बताए।

‘पार्टी निर्णय विपरीत सरकारमा सहभागी भएकोबारे सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिए पछि संसदबाट हटाइएको हो। सोको जानकारी प्रदेश सभा सचिवालयलाई गराइसकेका छौं, पत्र केही बेरमा पुग्दैछ,’ उनले भने।

नाउपाका सात सांसदमध्ये पाँच जना सरकारमा सहभागी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *