मालपाेत अधिकृतको १० करोडकाे गैह्रकानुनी सम्पती, अख्तियारले दियो भ्रष्टाचार मुद्दा

१६ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनमा एक शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ललितपुरका तत्कालिन मालपोत अधिकृत तथा हाल मधेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत (आठौं) मीनप्रसाद भट्टराईले जागिर अवधिमा ४ करोड २९ लाख २५ हजार १४० रुपैयाँ ५ पैसा गैर कानुनी आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

२०५४ साउन २६ गते सरकारी सेवामा प्रवेश गरेका उनको २०७९ जेठ ३० गतेसम्मको वैध आम्दानी ५ करोड ९४ लाख ६७ हजार १४८ रुपैयाँ १० पैसा हुनेमा उनको जग्गा खरिद, ऋण तिरेको कमिसन, बीमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, सेयरमा लगानी, घरमा तला थप, सवारी साधन खरिद र बैंक मौज्दात समेत गरी १० करोड २३ लाख ९२ हजार २८ रुपैयाँ १५ पैसा रकम देखिएको अख्तियारको भनाइ छ ।

यसमा  ४ करोड २९ लाख २५ हजार १४० रुपैयाँ ५ पैसाको स्रोत नखुलेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । अख्तियारले गैरकानुनी आर्जन गरेको रकमबराबरको बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *