संसदिय निर्वाचनको इतिहासमै सबै भन्दा बढि मतान्तरको किर्तिमानी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदको उप निर्वाचन जितेका छन् । आफ्ना प्रतिद्वन्द्वीलाई भारी मत अन्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् । उनले नेपालको संसदिय निर्वाचनको मत परिमाणमा ठूलो किर्तिमान तोडेका छन् ।

लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई सबैभन्दा धेरै मत अन्तरले पराजित गर्ने उम्मेदवारको किर्तिमान बनाएका छन् । लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जितनारायण श्रेष्ठलाई ४३ हजार ६२ मत अन्तरले पराजित गरे । लामिछानेले ५४ हजार १७६ मत पाउँदा श्रेष्ठले ११ हजार २१४ मत मात्र प्राप्त गरेका थिए।

यसअघि संबिधानसभा निर्वाचन २०६४ मा पुर्व प्रधानमन्त्रि बाबुराम भट्टराइले गोरखाबाट ४६ हजार २७२ मत प्राप्त गरी आफ्ना निकट्तम प्रतिद्धन्दीलाई ४० हजार १२९ मतअन्तरले राखी किर्तिमान कायम गरेका थिए ।

लामिछानेले संसदीय निर्वाचनमा इतिहासमै सबैभन्दा धेरै मत अन्तरले बिजयी हुने उम्मेदवारको रुपमा किर्तिमान बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *