दैलेख । नारायण नगरपालिकाले स्थानिय एफएम मार्फत रेडियो शिक्षा कार्यक्रम संचालन गरि पठनपाठन संचालनमा ल्याएको छ । कोभिड संक्रमणको त्रासले विद्यालयहरु वन्द रहेको अवस्थामा स्थानिय एफएम रेडियोमार्फत विषयगत रुपमा कक्षा संचालन शुरु गरिएको नारायण नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सदरमुकाममा रहेका रेडियो ध्रुवतारा सामुदायिक एफएम र रेडियो ज्वाला सामुदायिक एफएम मार्फत असार ६ गतेदेखि तिनवटा विषयमा अध्यापन गराईरहेको वुझिएको छ । ति दुईवटा एफएमवाट कक्षा ८ र १० का विधार्थीलाई लक्षित गरि अंग्रेजी, विज्ञान र गणित विषयको अध्यापन गराएको नारायण नगरपालिका, शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले जानकारी दिएका छन् । उनका अनुसार ति एफएमवाट कक्षा १० का विधार्थीले तिनवटा विषयमा प्रत्येक दिन विहान ८ वजेदेखि ९ वजेसम्म र कक्षा ८ का विधार्थीले वेलुका ४ वजेदेखि ५ वजेसम्म अनुभवी विषयगत शिक्षकवाट पाठ्यपुस्तक अनुसार सिक्न पाउनेछन् ।
विधालय वन्द हुँदा विधार्थीहरुको शैक्षिक सिकाईमा प्रत्यक्ष असर परेकोले नगर शिक्षा समितीले निर्णय गर्दै सिकाई सहजीकरण गरिएको र रेडियोवाट अध्यापन गराउदा विधालय सेवा क्षेत्रभित्र रहेका विधार्थीहरुको पहुँच पुगे नपुगेको निरीक्षण र अनुगमन गर्ने साथै आवश्यक सहयोग जुटाईदिने भनि विधालयलाई पत्राचारसमेत गरिएको नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेशमवहादुर वुढा र शिक्षा तथा समन्वय इकाइका प्रमुख हिमालय जङ्ग शाहले सुशासन खबरलाइ जानकारी दिएका छन् ।
विश्वभर फैलिएको कोभिड १९को दोस्रो लहरको प्रभावले विधालयमा भौतिक उपस्थिती गराई शिक्षण क्रियाकलाप संचालन गर्न नसकिएको अवस्थामा वैकल्पिक रुपमा रेडियोमार्फत शिक्षण क्रियाकलाप गरि विधार्थीहरुलाई सुविधा प्रदान गर्न खोजिएको नारायण नगरपालिकाले जानकारी दिएकोम छ ।