एकीकृत सरकारी कर्मचारी संगठन नेपालले काठमाडौं घोषणापत्र सार्वजनिक गरेको छ । संगठनले गत १५ मा आयोजना गरेको राष्ट्रिय भेलाले गरेका संगठन पुर्नगठनका निर्णयहरु तथा काठमाडौं घोषणपत्र आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
राष्ट्रिय भेलाले ४१ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै संगठनलाई श्रम तथा ब्यवसायजन्य विभागमा बिधिवत रुपमा चाँडो दर्ता गरी बिधान बमोजिम २०७९ बैशाख २३ र २४ गते राष्टिय अधिवेशन सम्पन्न गर्नका लागि मोहनकुमार घिमिरेको संयोजकत्वमा २०१ सदस्यीय राष्ट्रिय अधिवेशन आयोजक समिति गठन गरेको छ । आयोजक समितिमा संयोजकमा मोहन कुमार घिमिरे र सचिवालय सदस्यहरुमा वर्णनाक्रमअनुसार अमृता रावल,केदार अधिकारी,गगन सिंह बिष्ट,गोर बहादुर बुढा,चुडा बहादुर जिसी,चेतनाथ न्यौपाने,जयकान्त झा,जयदेव जोशी,जीवन भण्डारी,टंकनाथ ज्ञवाली,टोप थापा,दयाराम खत्री रहेका छन् ।
यस्तै,दिनेश लम्साल,नृपराज जोशी,नारद धमला,प्रकाश राई,बखत बहादुर खड्का,भिम बहादुर विष्ट,भुवन राई,मधु मिजार,मोहन गिरी,यामबहादुर खत्री,रमेश भण्डारी,राजकुमार दास,राजन रेग्मी,राजेन्द्र सुवेदी,बेद प्रसाद खतिवडा,शरण कुमार गुरुङ,सावित्रा कट्टेल,सिता गुरुङ,सुनैना श्रेष्ठ,श्याम सापकोटा,हरिकाजी राई र हरिदत्त जोशी रहेका छन् ।
यस्तै कूल २०१ सदस्यीय राष्ट्रिय अधिवेशन आयोजक समितिको नामवली समेत सार्वजनिक गरिएको हो । संगठनले २०७८ फागुन मसान्तभित्र सबै मातहत कमिटीहरुलाई एकीकृत सरकारी कर्मचारी संगठन नेपालको नाममा रुपान्तरण गर्दै श्रम विभागमा दर्ता प्रक्रियाका लागि हस्ताक्षर संकलन अभियान अगाडि सारेको छ ।
ट्रेड युनियन भित्र देखिएका अर्थवाद, अवसरवाद र अराजकतावादको अन्त्य गर्दै जहाँ सरकार, त्यहाँ सौदाबाजी गर्न पाउनेगरी स्थानीय, प्रदेश र संघमा रहेका कर्मचारीहरु आवद्ध एकीकृत ट्रेड युनियनको अवधारणा अवलम्बन गर्न माग गर्ने निष्कर्ष अगाडि सारेको छ ।
एकीकृत सरकारी कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनलाई कर्मचारी मैत्री बनाई तत्काल जारी गर्न एवंं इच्छाबिपरीत समायोजन गरिएका कर्मचारीहरुलाई पुनः एकपटक रोज्न दिने ब्यवस्थाको लागि दबाबमूलक कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ ।