प्रशासनको सुरक्षा रणनिती नबन्दा सुर्खेतमा भएका बन्दहरुमा बेला बेलामा पर्दशनमा उत्रिएका प्रदशनकारीहरुबाट अत्यावश्यक सेवाहरु समेत पुर्णरुपमा बन्द भएका छन ।
सनिबार भेरीगंगा नगर पालिका वार्ड नं. १ का वार्ड अध्यक्षको सवारी दुर्घटनामा परी मृत्यु भएको बिषयमा भएको बन्दमा अत्याबश्यक सेवाका सवारी साधनहरु समेत बन्द गर्दा प्रहरी मुख दर्शक मात्र भएको थियो ।
उक्त बन्दमा बिरामी बोकेको एम्बुलेन्स, कृषीजन्य बस्तु (कुखुराको चल्ला) बोकेको गाडी‚ प्रेसका सवारी साधन लगायत सुरक्षा निकायका गाडी समेत तोडफोड गर्ने प्रयास हुनुका साथै रोकिएका थिए । उक्त समयमा प्रहरीबाट कुनै उद्धारका कार्य नभएको प्रत्यक्ष दर्शिहरु बताउछन् ।
“बन्द कर्ताले सुर्खेत स्थित सत्तरी भन्ने स्थानमा एम्बुलेन्स माथी तोडफोडको प्रयास लगायत नेपाली सेनाको गाडी समेतलाई रोक्दा उक्त स्थानमा खटिएका प्रहरी सहायक निरीक्षक एन.बि. खत्रीले एम्बुलेन्स माथी गरेको दुब्र्यबाहर रोक्ने लगायत नेपाली सेनाको गाडी खुलाउने कुनै प्रयास नगरेकाे” नेपाली सेनका गाडी चालक सुबेदार गणेश खनालले सुशासनखबरलाई बताए ।
त्यस्तै सोमबार पनी एमसिसी पासको विरूद्धमा प्रदर्शनमा उत्रिएका विप्लव नेतृत्वको नेकपा सहित ६ राजनीतिक दल र दुई वटा मोर्चाले सुर्खेतका पार्टी कार्यालयहरू र प्रहरी संरचनामा क्षति पुर्याएका छन्।
प्रदर्शनको निहुँमा केही समूह बेलुकासम्म पनि उग्र बन्दै गएकोले सोमबार ८ बजेदेखि मंगलबार बेलुका ७ बजेसम्मका लागि वीरेन्द्रनगरमा कर्फ्यू समेत जारी गरिएको छ।
प्रदर्शनकारीले नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पुगेर ढुंगामुढा गर्नुको साथै आगजनी समेत गरेका थिए भने सडक छेउछाउमा भएका सर्बसाधारण नागरिकको भौतिक सम्पतीमाथी समेत क्षति पु¥याएका छन् ।
सनिबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको माेबाइल नम्बर ९८५८००७७७७ मा सुशासन कर्मिले पटक पटक सम्पर्क गर्दा फोन नउठेको र अन्य निकायसँग समेत बुझ्दा बेखबर भएको पाइएको थियो ।
सोमबार प्रशासनको सुरक्षा रणनिती फितलो हुँदा धनजनको क्षती पुग्नुको साथै कफ्र्युबाट सर्बसाधारणलाई सास्ती पुगेको सर्बसाधारणहरुले बताएका छन् ।