१७ मंसिर । बाजुरा (१) को प्रदेशसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नरेश शाहीको जित निश्चित भएको छ । १४ सय मत गरणा हुन बाँकी रहँदा शाहीले १८ सय मतान्तरले अग्रता लिएका छन् ।
१८ हजार ३६१ मत गणना भइसक्दा नेकपा एमालेका बलदेव रेग्मीले ८ हजार कटाएका छन् । एकीकृत समाजवादी निकट युवा संघ नेपालका केन्द्रीय अध्यक्ष शाहीलाई सत्तारुढ गठबन्धन मध्ये नेपाली काङ्ग्रेसकोमात्र समर्थन रहेको छ भने नेकपा माओवादीले मित्रवत रुपमा चुनावमा भाग लिएको छ ।