कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै झलनाथ खनाल- माधव नेपाल पक्षका २३ जना सांसदले हस्ताक्षर गरेका छन्।
विपक्षी गठबन्धनले आज सर्वोच्चमा बुझाउन लागेको रिटमा नेकपा एमालेको खनाल–नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका सांसद विरोध खतिवडाले जानकारी दिए।
केही सांसद कोरोना लागेकाले र सन्चो नभएकाले उपस्थित हुन नसकेको खतिवडाले जानकारी दिए। यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी हस्ताक्षर गर्नेमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले हस्ताक्षर गरेका छैनन्। यस्तै कलिला खातुनले हस्ताक्षर गरेकी छन्। देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदले हस्ताक्षर गरेका थिए .
आफूहरूले बहुमत सांसदको हस्ताक्षर बुझाए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै विपक्षी गठबन्धनका सांसदहरू सर्वोच्च अदालतमा रिट हाल्न जाँदै छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह), राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षरसहित आफैं उपस्थित भएर अदालतमा रिट हाल्न लागेका हुन्।
‘जालसाजी गरे। हस्ताक्षर किर्ते गरे भनेर स्यालहुइयाँ गर्नेहरू छन् नि उनीहरूलाई पनि मनोवैज्ञानिक सन्देश दिन हामी सशरिर अदालत जान लागेका हौं,’ एमाले सांसद विरोध खतिवडाले भने,‘अदालतमा हाम्रो सनाखत गर्ने भए गर, टाउको गन्ने भए गन भनेर जान लागेका हौं।’
अहिलेसम्म रिट कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, एमालेका २३, जसपाका १२ र जनमोर्चाका १ सांसदले हस्ताक्षर गरेका छन्। बाँकी सांसदलाई पनि लिएर सर्वोच्च जाने खतिवडाले बताए। यसअघि गत शुक्रबार विपक्षी गठबन्धनका १४९ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका थिए।
यी हुन् हस्ताक्षर गर्ने सांसदहरू
क्र.सं. | नयाँ हस्ताक्षर | यसअघिका हस्ताक्षर | कैफियत |
१ | कल्याणी खड्का | कल्याणी खड्का | |
२ | कृष्णलाल महर्जन | कृष्णलाल महर्जन | |
३ | घनश्याम भुसाल | घनश्याम भुसाल | |
४ | जीवनराम श्रेष्ठ | जीवनराम श्रेष्ठ | |
५ | झपट रावल | झपट रावल | |
६ | झलनाथ खनाल | झलनाथ खनाल | |
७ | दीपकप्रकाश भट्ट | दिपकप्रकाश भट्ट | |
८ | नारायण खतिवडा | नारायण खतिवडा | |
९ | निरादेवि जैरू | निरादेवी जैरु | |
१० | पुष्पाकुमारी कर्ण कायस्थ | पुष्पाकुमारी कर्ण कायस्थ | |
११ | भवानीप्रसाद खापुङ | भवानी प्रसाद खापुङ | |
१२ | भीमबहादुर रावल | भीमबहादुर रावल | |
१३ | माधवकुमार नेपाल | माधवकुमार नेपाल | |
१४ | मुकुन्द न्यौपाने | मुकुन्द न्यौपाने | |
१५ | मेटमणी चौधरी | मेटमणी चौधरी | |
१६ | यज्ञराज सुनुवार | यज्ञराज सुनुवार | |
१७ | रामकुमारी झाँक्री | रामकुमारी झाँक्री | |
१८ | लक्ष्मीकुमारी चौधरी | लक्ष्मीकुमारी चौधरी | |
१९ | विरोध खतिवडा | विरोध खतिवडा | |
२० | सरलाकुमारी यादव | सरला यादव | |
२१ | सुरेन्द्र पाण्डे | सुरेन्द्र पाण्डे | |
२२ | सोमप्रसाद पाण्डे | सोमप्रसाद पाण्डे | |
२३ | कलिला खातुन | नयाँ थपिएको | |
२४ | गणेश पहाडी | हस्ताक्षर नगर्ने | |
२५ | गोकर्ण विष्ट | हस्ताक्षर नगर्ने | |
२६ | पवित्रा निरौला खरेल | हस्ताक्षर नगर्ने | |
२७ | राजबहादुर बुढा | हस्ताक्षर नगर्ने |