दैलेख लाइन्सले मेल्भिन जोन्स सप्ताह मनायो

दैलेख लाइन्सका कोषाध्यक्ष प्रकास न्यौपानेले आफ्नो जन्मदिनको अवसरमा बिरामीहरुलाई फलफुल बितरण गरेका छन् ।

लाइन्स क्लब अफ इन्टरनेशनलका संस्थापक अध्यक्ष मेल्भिन जोनस्को १४५ औ सप्ताह ब्यापी जन्मोउत्सब मनाउने क्रममा कोषाध्यक्ष न्यौपानेको पनि जन्मदिन परेकोले दैलेख जिल्ला अस्पतालमा भर्ना भएका सम्पुर्ण बिरामीहरुलाई फलफुल बितरण भएको हो ।

लाइन्स क्लब अफ दैलेखको प्रथम उपाध्यक्ष राजेश कुमार हमालको अध्यक्षताम डिस्ट्रक एडभाइजर बासना थापा,जोन चियर पर्सन खम बहादुर थापा र पास्ट प्रेसिडेन्ट मिन बहादुर थापा लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा जिल्ला अस्पतालका पोषण अधिकृत थिर प्रसाद रेग्मीले लायन्स क्लब अफ दैलेखले बेला बेलामा दैलेखमा समाजसेवाका कार्य गर्दै आएको र आउने दिनमा पनि यस्तै सेवा गर्ने प्रेरणा मिलोस भनि शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *