१४ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनको समग्र प्रक्रिया र परिणाममा संका व्यक्त गर्नु उपयुक्त नहुने बताएका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले निर्वाचन निष्पक्ष हुन नसकेको भने पछि देउवाले यस्तो जवाफ दिएका हुन् ।
सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा शनिबार प्रधानमन्त्री देउवाले देशमा एकै पटक चुनाव गर्नु चुनौती पूर्ण भएको बताए ।
सीमित स्रोत साधनका बाबजुद शान्तिपूर्ण र निश्पक्ष रुपमा निर्वाचन सम्पन्न भएको छ ।, ‘छिटफुट घटनालाई दिएर निर्वाचनको समग्र प्रक्रिया र परिणममलाई दोष दिनु जनमतको सम्मान नगर्नु हो त्यसैले सार्वभौम जनता नै निर्णयक शक्ति भएकाले जनमतको कदर गर्नु विकल्प छैन ।’